सुदूरपश्चिमका सबै संस्कृति र परम्पराको सम्मान हुनुपर्छ : राज्यमन्त्री रैका


धनगढी:


तीज महोत्सवको अवसरमा धनगढीमा उर्जाशील उद्यमी मेला २०७९ शनिबार सम्पन्न भएको छ । महिलाहरुका प्रतिभा उजागर गर्न, नयाँ प्रतिभाको बिकासका लागि अवसर प्रदान गर्न सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय,धनगढी उपमहानगरपालिका प्रवद्र्धक रहेको उक्त कार्यक्रम सुदुरपश्चिम कला प्रतिष्ठान, लायन्स क्लब अफ धनगढी टाउन क्वीन, धनगढी लेडी जेसिज र हेल्प प्रा।लि। ले संयुक्त रुपमा मेला आयोजना गरेका हुन् ।



सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी सुदुरश्चिम प्रदशेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैकाले सुदुपश्चिममा थुप्रै कला र संस्कृति भए पनि तिनको राम्रोसँग संरक्षण हुन नसकेको बताए । “कला र संस्कृतिले समाजलाई पनि अघि बढाउँछ ।” सामाजिक बिकास राज्यमन्त्री रैकाले भने “त्यसैले यसको संरक्षणमा कटिबद्ध भएर अघि बढ्न अहिले आवश्यक छ ।”


गाईको संरक्षणका लागि प्रदेश सरकारले पालिकाहरुलाई थुप्रै सहयोग गरेको भए पनि त्यसको उचित प्रयोग हुन नसकेको राज्यमन्त्री रैकाले बताए । पालिकाहरुले दुई चार टहरा मात्र बनाएर गाई संरक्षणको काम गरे जस्तो मात्र गरेको तर पुरा काम नगरेको राज्यमन्त्री रैकाले बताए
सुप हातेमालो समुहकी अध्यक्ष रश्मी शाहीले गाईको संरक्षणमा सबै जना मिलेर अघि बढ्नु पर्ने बताइन् ।
मेला संयोजक मेघा भट्टको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सँचालन सुदुरपश्चिम कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरु र आस्ना भण्डारीले गरेका थिए ।

धनगढी उपमहानगरपालिका र सामाजिक बिकास मन्त्रालयको सहयोगमा भैरहेको मेलामा पहिलो दिन खुला नृत्य प्रतियोगिता, गायन, खानाका परिकार, स्वास्थ्य परिक्षण र सुपक गाइजात्रा प्रस्तुत गरिएका थिए ।
बुद्ध मन्दिरमा आयोजना भएको मेला शुक्रबार देखि शुरु भएको हो ।
उक्त अवसरमा सामाजिक र व्यावसायिक क्षेत्रमा उत्कृष्ठ काम गर्ने महिलाहरुलाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा धनगढी ३ की १ शय ४ बर्षीय भागीरथी भट्ट, कन्चनपुर महेन्द्रनगरकी गायिका संगीता शाह, रुपा राई, सिलाई कटाई व्यवसायी राधादेबी परियार, व्यवसायी पार्वती परियार, गाई संरक्षणमा जुटेकी रिता जोशी अवस्थी, कल्पना भट्ट, सुबनीदेवी चौधरी, पार्वती चौधरी र सुर्यमाया श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका र कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सम्मानित गरेका हुन् ।

