सुदूरपश्चिमेलीहरुले अमेरिकामा पनि धुमधामका साथ गौरा पर्व मनाए

मेरिल्याण्ड: सुदूरपश्चिमेलीले गौरा पर्व अमेरिकामा पनि भव्य रुपमा मनाएका छन् । २०२२ सेप्टेम्बर ४ का दिन मेरिल्याण्ड, भर्जिनिया तथा न्युयोर्क राज्यमा बसोबास गर्ने सुदुरपश्चिमेलीहरुले सुदुरपश्चिमको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व गौरा अमेरिकाको मेरिल्याण्ड राज्यमा भव्यरुपमा मनाईएका हुन् ।

जहाँ रहेपनी आफ्नो संस्कृति रितिरिवाज, भाषाधर्मलाई संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्ड र नेपाली अमेरिकी सांस्कृतिक केन्द्रको सहआयोजनमा गौरा पर्व मनाएको सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष दमनविक्रम शाहले जानकारी दिए । सो अवसरमा माताको प्रतिमा प्रदर्शन, गौराको पुजाआजा र डेउडा खेली गौरामाताको स्वागत तथा विदाइ समेत गरेका थिए ।

लोक गायक तथा नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत प्रेम राजा महतको प्रमुख आतिथ्य तथा एनआरएन एनसिसि अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी, वरिष्ट उपाध्यक्ष कृष्णजिवि पन्त, उपाध्यक्ष डिलु पराजुली, हिन्दु बुद्ध मन्दिरका संरक्षक डा. श्याम कार्की, बानाका अध्यक्ष सुवोध विलास पन्त लगायत अन्य विशिष्ट अतिथिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रम सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष दमन विक्रम शाहले अध्यक्षता गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सुदुरपश्चिमका प्रसिद्ध डेउडा गायक शंकर सिंह बिष्ट तथा नेपाल सांगितिक प्रज्ञा प्रतिष्ठान की प्राज्ञ एवं डेउडा गायिका चाँदनी मल्लको उपस्थिति र प्रस्तुति रहेको थियो । गौरा पर्वको विशेषता तथा महत्वका बारेमा साहित्यकार तिर्थ पाण्डेले कार्यपत्र पेश गर्नु भएको थियो ।

Loading...