रक्त अल्पता के हो ? के कस्ता कारण, समस्या, व्यवस्थापन र राेकथामका उपायहरु


रक्तअल्पता :-


•उमेर र लिङ्ग अनुसार शरीरमा राताे रक्तकाेषकाे संख्या ,अाकार वा hemoglobin concentration सामान्य भन्दा कमहुने अवस्था लाई रक्तअल्पता भनिन्छ ।



>पुरुषमा सामान्यतया hemoglobin 13.5 देखि 18 gm% हुन्छ ।


>महिलामा सामान्यतया hemoglobin 13 देखि 15.5 gm% हुन्छ ।
causes(कारणहरु):-

1.Anaemia due to blood loss:-
•दुर्घटनामा रक्तश्राव भएर ,
•upper GI bleeding
•Haematuria (पिसाबमा रगत जाने/जानु)
•Epistaxis ( नाथ्री फुटनु)
•Piles
•Menstruation
•Hook worm infestation (अंकुशे जुकाकाे संक्रमण)
•TB,अानद्राकाे cancer अादि राेगहरु
2.Bone marrow बाट राता रक्तकाेषकाे कम उत्पादन हुन थालेमा:-
•रगत बन्न अावशयक तत्वकाे कमी हुनु
:vitamin B12 काे कमी,
:iron काे कमी ,
:Folic acid काे कमी,
•Bone marrow नै फेल भएमा
•hemoglobin बन्ने प्रक्रियामा बाधा परेमा
•कलेजाे र मृगौला फेल भएमा,
•Leukemia(blood cancer )ले Bone marrow मा असर गरेमा,
•अाैषधि हरु जस्तै: NSAID,Chloramphenicol,Dapson etc
3.RBC काे बढी नाेक्सान(destruction)भएमा:-
•RBC काे बनाेट असामान्य भएमा,
•संक्रमण, टक्सीन eg:मलेरिया, कालाजार
•spleen(फियाे) ले बढी काम गरी RBCs नष्ट गरेमा,
TYPES OF ANAEMIA
1.iron deficiency anaemia (iron काे कमिले हुने)
2.Megaloblastic anaemia(vit B12 र folic acid काे कमिले हुने)
3.Aplastic anaemia (मासीले नै काम गर्न नसक्नु)
4.Haemolytic anaemia(RBC नास भएर हुने)
5.Anaemia due to blood loss(रक्तश्रावले हुने रक्तअल्पता)
Clinical features (लक्ष्ण तथा चिन्हरु)
Symptoms :-(लक्ष्णहरु)
•fatigue (अल्छी लाग्नु)
•weakness (कमजोरी हुनु)
•Tinnitus(कानमा अावाज अाउनु)
•Headache(टाउको दुख्नु )
•हात खुट्टा झमझमाउनु
•palpitation (मुटु ढुकढुक हुने)
•shortness of breath (श्वास छाेटाे छाेटाे हुने)
•Haemolytic anaemia मा jaundice देखा पर्न सक्दछ ,
•Hook worm भए पेट दुख्ने, मुखमा अमिलाे पानी अाउने हुन्छ ।
Sign (चिन्हरु):-
•pale or , yellowish skin जिउ, अाेठ,अाैला,हत्केला, नङ तथा अाखाकाे तल्लाे परेलाकाे भित्री भाग सेताे देखिन्छ ।
•Tachycardia (नाडीकाे गति १०० भन्दा बढी हुने)
•शरीर सुन्निनु (Oedema)
•मुटु Dilate (ठुलाे) हुन सक्छ ,
•मुटुमा murmur (असामान्य धडकन)सुनिन्छ,
•iron काे कमिले एनिमिया भएमा glossitis (जिब्रोमा संक्रमण देखिनु) ,Angular stomatitis (मुखकाे छेउछाउ मा घाउ हुने) हुन्छ साथै नङ सजिलैसँग भाचिने हुन सक्छ ।
Degree of Anaemia
1.Mild anaemia-10-12 gm%
2.moderate anaemia-6-9 gm%
3.severe anaemia-6 gm%भन्दा कम
Anaemia हेर्ने स्थानहरु:-
•अांखाकाे तल्लाे परेलाकाे भित्री भाग,
•छाला
•नङ र हत्केला
•जिब्रो र मुखकाे म्युकाेसा,
यी स्थानहरुमा pink हुनुपर्नेमा सेताे फुस्राे देखिन्छ ।
management (व्यवस्थापन )
•Anaemia काे उपचार एनिमियाकाे गम्भीरता(severity)काे अाधारमा गर्नु पर्छ,
1.severe anaemia (6 gm% भन्दा कम) का बिरामीहरु वा अन्य राेगग्रस्त र पुन:रक्तश्राव हुन सक्ने सम्भावनाका बिरामी हरुलाई तुरुन्त अस्पताल refer गर्ने र Blood transfusion गर्नु पर्छ । Hb% 6 gm% भन्दा कम भएमा Cross match गरेर transfusion गर्नु पर्छ ।
2.iron काे कारणले Anaemia भएमा adult लाई Tab.Ferrous sulphate 200 mg BD वा TDS , 3-6 महिना र
बच्चालाई 6mg/kg/day 3-6 महिना दिने।
3.vitamin B12 र folic acid काे कमिले भएकाे एनिमिया छ भने Tab.Folic acid 1 mg OD for 1 weeks सम्म दिने । त्यसपछि एक हप्तामा एकपटक 1mg का दरले ४ हप्तासम्म दिने त्यसपछि महिनाकाे एकपटक 1mg का दरले ३ महिनासम्म दिने,
4.Anaemia गराउने राेगहरुकाे उपचार गर्ने,Hook worm भएमा Tab.Albendazole 400 mg single dose दिने, अन्य रक्तश्राव गराउने राेगहरु जस्तै :peptic ulcer काे उपचार गर्ने ।
5.कुपोषण हटाउन सन्तुलित अाहार, प्राेटिनयुक्त खाद्यपदार्थ बढी सेवन गराउने ,हरियाे सागसब्जी,अण्डा,मासु,इत्यादी फलाम तत्व(iron) पाइने खाना खान दिने ।
6.Bone marrow मा नराम्रो असर पार्ने अाैषधिहरुकाे सेवन गरिरहेकाे छ भने छाेडने, (eg:Chloramphenicol)
Prevention (राेकथाम)
•गर्भावस्थामा iron, folic acid,vitamin B12 राेकथामकाे लागि दिने ,
•RBC टुक्याउने र Bone marrow मा नराम्रो असर पार्ने अाैषधि सेवन नगर्ने (eg:Chloramphenicol,NSAIDs,Dapson) जस्ता अाैषधि प्रयाेग गर्दा सावधानी अपनाउने ,
•कुपोषण हुन नदिन सन्तुलित अाहार खाने ,
•Anaemia गराउने राेगहरुकाे समयमै उपचार गर्ने
eg:Hook worm, peptic ulcer
•Anaemia काे असर र राेकथामकाे वारेमा समुदायमा जनचेतना जगाउने ।।
✍️भुवन जाेशी (अहेब )



