स्तन क्यान्सर बाट कसरी बच्ने ? कारण, लक्षण, रोकथामका उपाए बारे जानकारी लिनुहोस

स्तनमा भएका कोष-कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुनसक्छ । क्यान्सर हुने प् रकृतिका  ट्युमरले नजीकका तन्तु तथा  cell नष्ट गर्छन् । ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छन्,  शल्यक्रिया गरेर हटाए पनि फेरी उत्पन्न हुन्छन् र धेरै खतरनाक हुन्छन् । स्तन क्यान्सर प्रायः दुग्ध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ तर कहिलेकाहीँ तन्तुहरूको झुप्पाबाट पनि सुरु हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ ।

cause and Risk factor:-
स्तन क्यान्सरको ठोस कारण पत्ता नलागे तापनि निम्नलिखित कारणहरूलाई जोखिम तत्त्व मानिएको छ :

महिला- विशेष गरी प्रौढावस्था 

वंशाणुगत -आमा, दिदी, बहिनी, छोरी मध्ये कुनै एकमा भएमा ।

जेनेटिक कारण ।
१२ वर्षभन्दा पहिले महिनावारी भएका र ५५ वर्षपछि रजोनिवृत्ति भएका महिला ।

नियमित मदिरा सेवन गर्ने महिला ।
गर्भ नतुहिने औषधी (डीईएस) सेवन गरेका महिला

लामो समयसम्म परविार नियोजनका लागि हार्मोनल पिल्स वा सुई प्रयोग गरेका महिला ।

रजोनिवृत्तिकाे प्रभाव घटाउन हार्मोन रप्िलेसमेन्ट थेरापी लिएका महिला ।

मोटोपना – मोटो महिलामा एस्ट्रोजन हार्मोन बढी उत्पादन हुन्छ । जुन स्तन क्यान्सरको कारक तत्त्व हुनसक्छ । )

कहिल्यै गर्भवती नभएका वा ३० वर्षपछि बच्चा जन्माएका महिला ।

विकिरण : बच्चा वा युवावस्थामा छातीको क्यान्सर वा अन्य रोगका लागि विकिरण उपचार गरेका महिला ।

स्तन कोषको असामान्य वृद्धि भएमा ।

निष्त्रिय जीवनशैली तथा बढी चिल्लो खाने महिला

निम्न उमेरमा परीक्षण गरे स्तन क्यान्सरबाट बच्न सकिन्छ ।

२० वर्षसम्मको उमेरमा : परविर्तनको लक्षण थाहा पाउन महिनाको एकपटक आफैँले आफ्नो स्तन परीक्षण गर्ने ।

२०-३९ वर्षको उमेरमा : प्रत्येक तीन वर्षमा चिकित्सकद्वारा स्तन परीक्षण गराउने ।

४०-४९ वर्षको उमेरमा : प्रत्येक एक-दुई वर्षको अन्तरालमा म्यामोग्राफ गर्ने ।

५० वर्ष र तत्पश्चात् : प्रत्येक वर्ष म्यामोग्राफ गर्ने ।

स्तन क्यान्सरमा देखिने चिन्ह था लक्षणहरु:-
स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षणहरू देखिँदैनन्।
क्यान्सर बढ्दै गएपछि निम्नलिखित लक्षणहरू देखा पर्छन् :

स्तन वा पाखुरामुनि गिर्खा हुनु,
गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु।

स्तन वा स्तनको मुन्टोको आकार-प्रकार परविर्तन हुनु।
जस्तै- रातोपना, चाउरएिजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर फर्किएको, मुन्टो वरपिरकिो छालामा कत्ला निस्केको वा सुन्निएको।

स्तनबाट दूधबाहेकको तरल पदार्थ जस्तै- रातो, सफा वा पहेँलो, हरयिो अथवा पीपजस्तो आउनु।

स्तनको मुन्टो दुख्नु।

स्तनमा निको नहुने घाउ हुनु।

गम्भीर अवस्थामा हाड दुख्नु,
स्तन दुख्नु,
स्तनमा घाउ आउनु,
पाखुरा सुन्निनु,
वजन घट्नु।

नेपालमा स्तन क्यान्सरकाे अवस्था :-
नेपालका दुर्गम जिल्लाहरूमा महिलाहरूलाई स्तन क्यान्सरबारे जानकारी नै छैन । स्तनमा गिर्खाहरू आए पनि रोग लुकाउने प्रवृत्ति व्याप्त छ । लाज तथा संकोचका कारण अधिकांश नेपाली महिलाहरू स्तन परीक्षण गराउन अस्पताल जाँदैनन् र अन्तिम अवस्थामा स्वास्थ्य सेवा खोज्छन् । त्यतिबेलासम्म उपचारको विकल्प समाप्त प्रायः भइसकेको हुन्छ । नेपालमा ३० देखि ५० वर्षका महिलालाई स्तन क्यान्सर बढी मात्रामा भएको पाइएको छ । ४० वर्ष पुगेपछि विकसित देशका अधिकांश महिलाहरू प्रत्यक वर्ष म्यामोग्राफी गर्छन् भने नेपालमा एक प्रतिशतले पनि म्यामोग्राफी गर्दैनन् । यकिन तथ्यांक नभए पनि नेपालका न्यूनतम ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान गरएिको छ । स्तन क्यान्सरबारे सबै वर्ग र क्षेत्रका महिलाहरूमा जनचेतना फैलाउने, म्यामोग्राफी सेवाको विस्तार गर्ने तथा स्वास्थ सेवालाई विकेन्द्रिकित गर्ने हो भने स्तन क्यान्सरको समयमै निदान तथा उपचार हुनेछ ।

गरिबी, अशिक्षा र अज्ञानताका कारण समयमै उपचार नगर्नाले यो रोग महिलाको मृत्युको एक प्रमुख कारण भएको छ । आमा, दिदीबहिनी वा नजिकका नातेदारमा स्तन क्यान्सर भएमा, ३० वर्षपछि बच्चा जन्माउने महिलामा, बच्चा नजन्माएका महिलामा, स्तनपान नगराउने महिलामा, स्तनमा गाँठागुँठी वा पुराना समस्या भएमा स्तन क्यान्सर हुने सम्भावना बढी हुने उनले बताए  । त्यसैगरी एउटा स्तनमा क्यान्सर भइसकेका महिलामा अर्को स्तनमा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ
स्तनकाे स्वयंम परिक्षण:-
आफ्नो स्तन आफैँ परीक्षण गर्ने सबैभन्दा उपयुक्त समय महिनावारी भएको एक सातापछि हो, जुन समयमा स्तनहरू दुख्ने तथा ठूला हुने हुन्छन् । नुहाउने समयमा वा नुहाएर ठूलो ऐनाअगाडि उभिएर परीक्षण गर्नु सबैभन्दा उपयुक्त हुन्छ । स्वास्थ्यकर्मी वा चिकित्सकबाट परीक्षण गराउने, भिडियो एक्स–रेबाट परीक्षण गराउने र मेमोग्रामबाट परीक्षण गर्ने अन्य विधि हुन् । आफ्नो स्तनको आफैँबाट परीक्षण गर्न सके समयमै रोग पहिचान हुने र अधिकांश निको हुने गर्दछ ।
स्तन परिक्षण गर्ने विधि:-
१. ठूलो ऐनाअगाडि निर्वस्त्र उभिएर तपाईंको देब्रे हात उठाउनूस् अनि दाहिने हातले देब्रे स्तनको परीक्षण गर्नुस् ।

२. तपाईंको देब्रे हातका बीचका तीनवटा औँलाहरूको संवेदनशील भागले (ल्याप्चे लगाउने भाग, टुप्पो होइन) स्तनको वरपिरी गोलाकार रूपमा विस्तारै मालिस गर्दै (औँला नउचालीकन) टुप्पोतिर लाग्नूस् ।

३. स्तनमा अाैँलाले दबाएर विभिन्न किसिमका तन्तुहरू अनुभव गर्नुस् । पहिले विस्तारै दबाब दिएर छालालाई मात्र परीक्षण गर्नुस् अनि मध्यम दबाब दिएर बीचका तन्तुहरू महसुस गर्ने र अन्तमा जोडले दबाब दिएर करङसम्म औँला पुर्‍याई भित्री गिर्खा, दुखाइ वा असहजता खोजी गर्ने ।

४. पूरै स्तन, छाती, पाखुरामुनि, काखी, ब्युटी बोन र काँध वरपिर छाम्ने ।

५. यसप्रकार देव्रे स्तन परीक्षण गरेपछि यसै गरी दाहिने स्तनलाई देव्रे हातले परीक्षण गर्ने ।

६. स्तनलाई ठूलो ऐनामा हेर्ने । स्तनको आकार, रंग, चाउरीपना, मुन्टो आदि हेर्ने । त्यसपछि स्तनको मुन्टोलाई विस्तारै दबाएर त्यसबाट निस्कने तरल पदार्थ हेर्ने ।

स्तनको आकार, प्रकार, रंग, नयाँ गिर्खा, तरल पदार्थ आदिमा परविर्तन महसुस भएमा, बढी दुखेमा, निको नहुने घाउ भएमा, स्तनको मुन्टो स्तनतिर फर्किएमा, स्तनको छेउमा काखीमुनि गिर्खा महसुस भएमा चिकित्सकसँग परामर्श गर्ने ।

(Diagnosis):-

FNAC(Fine needle aspiration cytology):- स्तनमा आएका अस्वभाविक गिर्खाको कोष—कोषिकाहरू मसिनो सुईले झिकेर प्रयोगशालामा अनुसन्धान गरी क्यान्सर निदान गर्न एफएनएसी परीक्षण गरिन्छ ।

HISTOPATHOLOGY:- स्तनको प्रभावित भागबाट मासुको सानो टुक्रा निकाली प्रयोगशालामा biopsy परीक्षण गरी स्तन क्यान्सरको निदान गरिन्छ । यस बाहेक क्यान्सर निदान गर्न अन्य परीक्षणहरू पनि आवश्यकता अनुसार गर्नुपर्ने हुन्छ ।
MAMOGRAPHY:-

स्तन क्यान्सरको राेकथाम (prevention):-

महिलाले आफ्नो स्तनको आफैँ परीक्षण गरी गाँठा वा गिर्खा फेला पारेमा तथा स्तन क्यान्सरका अन्य लक्षण देखेमा तुरुन्त सम्बन्धित अस्पतालमा जचाउँनुपर्दछ । सुरुकै अवस्थामा रोग निदान गरी उपचार गरे स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ । चिल्लो तथा बोसोयुक्त खानेकुराहरू नखाने, सुर्तीजन्य पदार्थको सेवन नगर्ने, मोटोपना घटाउने र बच्चालाई दुई वर्षसम्म स्तनपान गराउनाले स्तन क्यान्सरको रोकथाम गर्न मद्दत पुग्दछ ।

स्तन क्यान्सरबाट बच्ने उपायहरु:-
नियमित रुपमा Black tea अथवा green tea पिउनाले स्तन क्यान्सरको सम्भावना कम हुन्छ । यसमा पाइने एपिग्यालो क्याटचिन(apigalo catchin) नामक तत्त्वले ट्युमरका कोशिकालाई अनियन्त्रित रुपमा बढ्न दिँदैन ।

vitamin D काे सेवनले क्यान्सरका कोशिकाको वृद्धिलाई रोक्न सहयोग गर्छ । त्यस्तै, नियमित रुपमा दूध, दही, माछा, मासु खानु पनि फाइदाकारी हुन्छ । तर, ती खानामा चिल्लोको मात्रा कम हुनु आवश्यक छ ।

vitamin C ले पनि स्तन क्यान्सरबाट बचाउँछ । यसले प्रतिरक्षा प्रणालीलाई सबल बनाई क्यान्सरका कोशिका बढ्न दिँदैन ।

क्यान्सरका कोशिकालाई बढ्न नदिन जमराको रस र अनार पनि उपयोगी हुन्छ । यसले शरीरमा भएका हानिकारक तत्त्वलाई बाहिर निकाली प्रतिरक्षा प्रणालीलाई पनि सबल बनाइराख्छ ।

नियमित रुपमा व्यायाम, योग गर्नाले शरीरमा रक्तकोशिकाहरु अनावश्यक रुपमा जम्मा हुन पाउँदैनन् र यसले क्यान्सरको सम्भावनालाई कम गरिदिन्छ ।
समयमा नै बच्चा जन्माएर नियमित रुपमा स्तनपान गराउने महिलालाई क्यान्सर रोग लाग्ने सम्भावना कम रहन्छ ।
पौष्टिक आहार, बिरामीको स्याहार–सुसार तथा परिवारिक स्नेहले क्यान्सर रोगको उपचारमा ठूलो महत्व राख्दछ ।

Treatement methods:-

महिलाहरूको उमेर ढल्किँदै गएपछि स्तन क्यान्सरको खतरा पनि बढ्दै जान्छ । बिरामीको अवस्था र शरीरका अन्य भागमा क्यान्सर फैलिएको वा नफैलिएको आधारमा उपचार गर्नुपर्दछ ।

1.surgery:- स्तन क्यान्सर लागेको भाग वा अङ्गलाई शल्यक्रिया गरी निकाल्ने प्रक्रिया ।

2. Radiotherapy:-क्यान्सर भएका कोष–कोषिकालाई मार्न विकिरणको प्रयोगबाट स्तन क्यान्सरको उपचार गर्ने विधि ।

3.Chemotherapy:-क्यान्सर विरुद्धको औषधीको प्रयोगद्वारा क्यान्सरको उपचार गर्ने पद्दति

4.Hormone therapy:-हर्मोनको प्रयोगबाट स्तन क्यान्सरको उपचार गर्ने विधि ।

5.Palliative care:- क्यान्सरका बिरामीको पीडा र असुविधा कम गर्न अस्पतालमै राखेर अपनाइने आवश्यक उपचार पद्दति ।

बिरामी र रोगको अवस्थाका आधारमा एक वा एकभन्दा बढी उपचार विधिको प्रयोग गर्नुपर्ने हुन सक्छ 

✍Bhuwan joshi (AHW)

Loading...