बैतडीको दोगडाकेदारकी एक बालिकाको किड्नीमा समस्या, उपचारमा सहयोग गरिदिन अपिल

सेती प्रादेशिक अस्पतालमा उपचार हुँदै

♦नरेन्द्र बिष्ट/ बैतडी:


बैतडीको दोगडाकेदार गाउँपालिकाकी एक बालिकाको किड्नीमा समस्या हुँदा अवस्था छटपटाहट बनेको छ ।

दोगडाकेदार गाउँपालिका वडा नं. १ रिम, गोरङ बस्ने २ वर्षकी छोरी प्रतिभा विकको किड्नीमा समस्या हुँदा अवस्था नाजुक बन्दै गएको उनका बुबा प्रकाश विकले जानकारी दिनुभएको छ ।

किड्नीमा समस्या हुँदा अवस्था छटपटाहट बनेकी प्रतिभा विक

धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा १ महिना देखि उपचार भइरहेको छ, अब डाक्टरले रेफर गर्ने कुरा गर्नुभएको छ, आफ्नो आर्थिक स्थिति कमजोरीका कारण छोरीको अवस्था मर्नु र बाँच्नुको दोसाँधमा रहेको बिरामीका बुबा प्रकाश विकले दुखेसो पोख्नुभएको छ ।

आर्थिक अवस्था कमजोर भएकै कारण छोरीको अवस्था मर्नु र बाँच्नुको दोसाँधमा रहेको र छोरीको उपचारका लागि सबैलाइ सहयोग गरिदिन पनि उहाँले अपिल गरेका छन् ।

किड्नीमा समस्या हुँदा अवस्था छटपटाहट बनेकी प्रतिभा विक सेती प्रादेशिक अस्पताल बाट ।।

सहयोगको लागि प्रकाश विकको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा रहेको खाता नम्बर 05601200333360000001 र सम्पर्क मोबाइल नम्बर 9848984620 मा सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो।

Loading...