सिगास ४ पोटेऐनी टोलमा खानेपानीको हाहाकार

व्यवस्था फेरियो- स्थानीयको अवस्था फेरिएन

बैतडीको सिगास गाउँपालिका वडा नं. ४ को पोटेऐनी टोलमा खानेपानीको हाहाकार भएको छ। हिउँदको समय सुरु भएसँगै विगतका वर्षमा जस्तै यस वर्ष पनि खानेपानीको हाहाकार भएको हो ।



पोटेऐनी टोलमा अहिले सम्म पनी खानेपानी पुगेको छैन यहाँका बासिन्दाले ४०/५०लिटरको जारमा ४००/५०० मिटर तल बाट उकालो चढेर पानीको गुजरा चलाई राखेको स्थानीय भीम धामीले जानकारी दिनुभएको छ ।



बिहानको कुरमुरे उज्यालो भएदेखि बेलुका राती नपरुन्जेल सम्म पोटेऐनीका बासिन्दाले पानी बोकेर गुजारा चलाउने गरेको अर्का स्थानीय अर्जुन धामीको भनाइ छ ।

 

८-१० परिवार रहेको उक्त टोलमा मान्छेलाई मात्र खानेपानीको समस्याको कुरा परै जावस, गोरु भैंसीलाइ पनि पानी बोकेर खुवाउने गरेको स्थानीयको भनाइ छ ।

 

बर्खायाममा हत्सुण्डको पानी उक्त टोलमा आउने गरेको भएपनि हिउँदको समयमा भने वर्षैपिच्छे खानेपानीको हाहाकार मच्चिने गरेको छ । खानेपानीको समस्याबाट अहिलेसम्म पोटेऐनी टोल सहित नजिक आसपासका टोलमा पनि हाहाकार स्थिति सृजना भएको छ ।



सिंहदरबारको अधिकार गाउँ गाउँमा आए पनि व्यवस्था फेरियो, स्थानीय बासिन्दाको अवस्था फेरिएन । सिगास ४ को पोटेऐनी टोल खानेपानीको हाहाकार भएको उदाहरण मात्रै हो सिगासका कतिपय गाउँबस्तीमा अझैपनि खानेपानीको चरम अभाव रहेको छ त्यसैले सम्बन्धित निकायले उक्त समस्या माथि ध्यान दिनु जरुरी देखिन्छ ।

Loading...