मोहना–अत्तरिया ६ लेन सडकमा राखिएका डिभाइडर हटाउन गोदावरी नगरपालिकाको माग

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले मोहना–अत्तरिया ६ लेन सडकमा राखिएका डिभाइडर हटाउन माग गरेको छ ।नगरपालिकाले डिभाइडरका कारण दुर्घटना बढेको भन्दै सडक विभाग ललितपुरलाई पत्र पठाएर सो माग गरेको हो ।

नगरप्रमुख बिरेन्द्र भट्टको हस्ताक्षर रहेको सो पत्रमा गोदावरी नगरपालिकाको अत्तरिया चोक देखि मोहनपुर एयरपोर्ट जाने बाटो सम्मको सडक खण्डको कंक्रिट डिभाइडर हटाउन माग गरिएको छ ।

‘उक्त कंक्रिट डिभाइडरका कारण ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटना समेत भइरहेकोले डिभाइडर तत्काल हटान व्यापक जनगुनासो आइरहेकोले डिभाइडर ब्लक हटाउने व्यवस्था तत्काल गरिदिनहुन अनुरोध छ’ पत्रमा भनिएको छ ।

Loading...