नेपाली बजारमा फेरी बढ्यो सुनको मूल्य ! आजका लागि कतिमा हुदै छ त कारोबार ? जानकारी लिनुहोस आजको बजार मूल्य विवरण

नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९८ हजार २ सय रुपैयाँ पुगेको हो ।

 

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३० रुपैयाँले बढ्दै एक हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Loading...