अछाममा रहेको चौरपाटिको दुनीमा भुकम्पले घरमा क्षेति पुगाएका १४८ घरपरिवारलाई त्रीपाल बितरण

शेर बहादुर शाह/अछाम : गत मंगलबार गएको भूकम्पका कारण अछामको चौरपाटि गाउँपालिकामा पनि भौतिक क्षेती भएको थियो ।

पालिका अन्तरगतका बिभिन्न वडाहरुमा बासबस्ने घर, विद्यालय, स्वास्थ्य चौकि, लगायतका भवनहरुमा क्षेती भएको हो । लगातारको भुकम्को पराकम्पनले पुर्याएको क्षतिको गाउँपालिकाले स्थलगत निरिक्षण गरिरहेको छ ।

 

अधिकांस घरहरु चर्किएका र केही घरहरू अति जोखिममा रहेर बस्न नमिल्ने अवस्थामा रहेका वडा नम्बर ६ दुनिका १ सय ४८ जना घरपरिवारलाई त्रिपाल वितरण गरिएको छ ।

वडाका नागरिकहरुलाई शुरक्षित बाहिर बस्न सहज होस भनेर त्रिपाल बितरणको कार्य सुरु गरेको चौरपाटि गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत धन बहादुर थापाले बताउनुभएको छ ।

 

त्रिपाल बितरण गर्नेक्रममा उहाँले वडा नम्वर ६ दुनि र ७ मार्कुमा प्रत्यक घरदैलोमा गुरेर क्षेतिको विवरण संकलन गरि वडाको सिफारिसका आधारमा पुर्ण रुपमा जोखिममा रहेका भुकम्प पीडित लाई राहत स्वरुप त्रीपाल बितरण गरिएको प्रशासकीय अधिकृत थापाको भनाई छ ।

सोमबार स्थलगत निरिक्षण पश्चात बोल्दै प्रमुख प्रशासकीय अधिकृत थापाले भौतिक पुर्वाधारको अनुगमन गर्दै लिगुडसैन, दुनिका अन्य स्थानमा धेरै घरहरू अति जोखिममा रहेकोले पालिकाबाट वडाका नागरिकहरुलाई सुरक्षितरुपमा बसोबासको व्यावस्थाको लागी त्रीपाल वितरण गरिएको बताउनुुभयो ।

पालिका बाट गर्न सक्ने अन्य सहयोगका लागी पनि कुनै कन्जुस्याइँ नगर्ने र प्रदेश, संघ सरकार साथै अन्य दातृ निकाय, संघसंधा संग पनि सहयोगको लागि पहल गर्ने बताउनुभयो ।फेरि जोखिम हुनसक्ने भन्दै उहाँले उच्च सतर्कता अपनाउन सम्पुर्ण पालिका बासीमा आग्रह गर्नुभयो ।

त्रीपाल बितरण कार्यक्रममा शिक्षा शाखा प्रमुख रामचन्द्र जोशि,कृषि शाखा प्रमुख झपर भुल, प्रहरी लगायत स्थानीय समाजसेविको सहभागिता रहेको थियो ।यसैबिच वडा नम्वर ७ मार्कुका ९१ जनालाई पिडीतहरुलाई मंगलवार विहान त्रीपाल बितरण गरिने गाउँपालिकाले जनाएको छ ।

Loading...