हिमाली जिल्ला हुम्लामाको बाटो हिउले अबरुद्ध भएसँगै नेपाली सेनाको हेलिकोप्टरबाट मतपेटिका ढुवानी

सुर्खेत: ४ म‌सिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ । उत्तरी नाम्खा गाउँपालिका– ६ को लिमीका तीन मतदान केन्द्रमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो ।

हिमपातले न्यालु लेख बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।

लिमीका तीन मतदान केन्द्र हल्जी, जाङ, तिल मतदान केन्द्रका लागि नेपाली सेनाको एमआई १७ बाट कर्मचारी र निर्वाचन सामग्री लिमी जाने निमित्त निर्वाचन अधिकारी रानाले बताए ।

Loading...