गठबन्धनका उम्मेदवारहरुले कैलालीको अत्तरिया बजारमा घरदैलो कार्यक्रम

अत्तरिया:  कैलाली –४ बाट उम्मेदवार बनेका लोकतान्त्रिक– बाम गठबन्धनका उम्मेदवारहरुले आज अत्तरिया बजारमा घरदैलो कार्यक्रम गरेका छन् ।

 

क्षेत्र नम्बर –४ बाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेसका बीर बहादुर बलायर, क्षेत्र नम्बर ‘ख’ बाट प्रदेश सभाका उम्मेदवार प्रकाश बहादुर बम लगायत समानुपातिक उम्मेदवारले अत्तरिया बजारमा घरदैलो गरेका हुन ।

 

 

घरदैलो अभियानमा गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका नेता तथा सबै दलका समानुपातिक उम्मेदवारको सहभागिता रहेको थियो ।

आज चुनाव प्रचारप्रसार गर्ने अन्तिम दिन पनि हो । आज राति १२ बजे देखि मैन अविधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

Loading...