डोटीको सिलगढी बाट बडिकेदार जादै गरेको मतदान अधिकृत चढेको जीप दुर्घटनामा


डोटी: डोटीमा मतदान अधिकृत चढेको जीप दुर्घटनामा परेको छ । सिलगढीबाट निर्वाचन सामाग्री र कर्मचारी बोकेर बडिकेदार गाउँपालिका जाँदै गरेको बडीकेदार गाउँपालिका – ५ अत्तरकाँडामा दुर्घटनामा परेको हो ।


२ झ २२३५ नम्बर जीप दुर्घटना हुँदा जीपमा सवार मतदान अधिकृत दिनेश सिं रैखोला घाइते जिल्ला प्रहरी कार्यालय डोटी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमालाले बताए ।



जीप ब्रेकफेल भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । सो जिपमा कर्मचारी, सुरक्षाकर्मी लगायत ११ जनाको टोली सवार रहेको थियो ।




