कैलालीको गोदावरी-१२ का पूर्व वडा सदस्य साउँद नेपाली कांग्रेसमै फर्किए


अत्तरिया: कैलालीको गोदावरी नगरपालिका – १२ का पुर्व वडासदस्य बाली साउँद नेपाली कांग्रेसमा फिर्ता भएका छन । केही दिन पहिले नेकपा एमाले प्रवेश गरेका साउँद फेरी कांग्रेस फिर्ता भएका हुन ।


गत स्थानिय तहको निर्वाचनमा कांग्रेसबाट वडा नं. १२ को वडासदस्यमा निर्वाचित भएका साउँद कार्तिक १८ गते एमाले प्रवेश गरेका थिए । उनलाई नेकपा एमालेका सचिव लेखराज भट्टले टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।



तर चुनावको ३ दिनअघिमात्रै उनि कांग्रेसमै फिर्ता भएका छन । उनलाई नेपाली कांग्रेसका प्रदेश सभापति तथा आसन्न निर्वाचनमा प्रतिनिधि सभाका उम्मेदवार विर बहादुर बलायरले कांग्रेसमा स्वागत गरेका छन ।


कांग्रेस फिर्ता भएसँगै साउँदले पार्टिसँगको केही आन्तरिक निराशाका कारण एमाले प्रवेश गरेको तर कांग्रेसलाई छोड्न नसकेको बताए । उनले आफु केही साथीहरुको लहलहैमा लागेर एमाले प्रवेश गरेपनि आफ्नो आस्था विर्सन नसक्दा पुरानै पार्टीमा फिर्ता भएको बताए ।


