डोटीको आदर्श गाउँपालिकाको एक बिद्यालयलाई शैक्षिक उपकरण सहयोग


मिस नेपाल नर्थ अमेरिका २०२२ की विजेता प्रत्युशा बोहोराले डोटीको एक विद्यालयलाई शैक्षिक उपकरण सहयोग गरेकी छिन्।


उनले डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ मा रहेको दुर्गा आधारभुत विद्यालयलाई शैक्षिक उपकरण सहयोग गरेकी हुन्। उनले विद्यालयलाई कम्प्यूटर ल्यावका लागि १० थान कम्प्यूटर, १० ओटा टेबल, १० कुर्सी, एउटा प्रिन्टरसहितको फोटोकपि मेसिन, ल्याव कोठामा लगाउन पर्दा, कार्पेट आदि सहयोग गरिएको बताइन्।
विद्यालयमा ल्यावका लागि करिब ७ लाख बराबरको सामानहरु सहयोग गरिएको उनले बताइन्। बोहोराका अनुसार अमेरिकामा रहेका ३५ जना नेपालीहरुले रकम सहयोग गरेका हुन्। सुदूरपश्चिमका दुर्गम क्षेत्रमा रहेका अन्य विद्यालयहरुमा पनि शैक्षिक उपकरण सहयोग गर्ने योजना रहेको उनले बताइन्। अमेरिकामै आफ्नो बसाइ रहेको बताउँदै उनले यही कामका लागि मात्र नेपाल आएको बताइन्।




