प्रदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर- आज मिति २०७९ साल मंसिर ३ गते शनिबार


नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।


आज डलरको खरिद दर १३० रूपैयाँ ४० पैसा र बिक्री दर १३१ रूपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ २६ पैसा र बिक्री दर १३५ रूपैयाँ ८८ पैसा रहेको छ।



बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ ४६ पैसा र बिक्री दर १५६ रूपैयाँ १८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५६ पैसा र बिक्री दर ३५ रूपैयाँ ८१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।




