निर्वाचनको पुर्वसन्ध्यामा कैलाशमा मतदानकेन्द्र बाट करिब डेढ किलोमिटर पुर्वतिर भरुवा बन्दुक पड्कियो


वझाङ :निर्वाचनको पुर्वसन्ध्यामा बझाङको जयपृथ्वी नगरपालिका-१ कैलासको जंगलमा गएराती भरुवा बन्दुक पड्किएको छ ।


शुक्रबार करिब राति फरक-फरक समयमा ८ः ०० र ९ ः१५ र १०ः३०, बजेतिर कैलासमा रहेको नारायण माध्यामिक विध्यालयमा रहेको मतदान केन्द्र बाट करिब डेढ किलोमिटर टाढा पुर्वतिर भरुवा बन्दुक पढ्किएको आवाज आएको स्थानियहरुले बताएका छन् ।



३ पटक उक्त आवाज आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो । सिकार खेल्नको लागी हो या कस्ले केका लागि पड्कायो भन्ने अहिले सम्म नखुलेको र खोजिकार्य भैरहेको उहाले बताउनुभयो ।


जिल्ला प्रशासन कार्यालय बझाङले असोज १४ गते एक सुचना जारी गर्दै कार्तिक ५ गते सम्म हातहतियार बुझाउन आग्रह गरेको थियो ।

