कैलाली क्षेत्र न. ४ को मतगणना स्थान गेटा मेडिकल कलेजमा

अत्तरिया: कैलाली क्षेत्र नम्बर ४ को मतगणना स्थल तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालयले शनिबार एक सूचना जारी गर्दै गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित गेटा मेडिकल कलेजको पूर्वी गेट नजिकको भवनलाई मगतणना स्थल तोकेको हो ।

हाल निर्वाचन अधिकृतको कार्यालय राखिएकै भवनको माथिल्लो तलामा मतगणना स्थल राखिएको निर्वाचन अधिकृत इन्द्र बहादुर कठायतले बताए ।

भदौ २० गते अत्तरियामा रहेको हुलाक कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय तोकिएको भएपनि पछि मतगणना गर्न असहज हुने भन्दै यसअघि नै कार्तिक १४ गते गेटा निर्वाचन अधिकृतको कार्यालय सारिएको थियो ।

 

Loading...