बैतडीको सिगास गाउँपालिकामा निर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्कसँग मतदान गर्न आग्रह

बैतडी:


बैतडीमा निर्वाचनको तयारी पूरा भएको छ । भोलि हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारी पूरा भएको हो ।

अर्जुन माध्यमिक विद्यालय गाँजरी “क” “ख” मतदान केन्द्रमा मतदानको सम्पूर्ण तयारी पूरा।
फोटो: लक्ष्मण कुमार साउद

यसैबीच जिल्लाको सिगास गाउँपालिकामा पनि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ र जिल्लाका सबै ठाउँमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बैतडी जिल्लाका मुख्य निर्वाचन अधिकृत जयान्नद पनेरुले जानकारी दिए ।
सिगास गाउँपालिकाका १९ मतदान केन्द्रमा पनि निर्वाचनको तयारी पूरा भएको उहाँले जानकारी दिनुभएको छ ।

समग्रमा जिल्लाका सबै मतदान केन्द्रमा भोलि हुने निर्वाचनको तयारी पूरा भएको उहाँले जानकारी दिनुभएको छ ।

जिल्लामा निर्वाचनको सबै तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई उहाँले आग्रह समेत गरेका छन् । मुख्य निर्वाचन अधिकृत पनेरुले भोलि बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म हुने मतदानमा सहभागी भइ आफ्नो मताधिकार प्रयोग गर्न आग्रह समेत गरेका छन् ।

जिल्लाका सबै मतदान केन्द्रमा र समग्र जिल्लाको शुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएको र मतदाताले ढुक्क भएर मतदान गर्न जिल्ला प्रशासन कार्यालयले समेत आग्रह गरेकाे छ ।

निर्वाचन सुरक्षा योजना अनुसार जिल्लाका सबै ठाउँमा करिब २ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

सम्बन्धित समाचार:-

सिगासका मतदान केन्द्रमा सबै कर्मचारी पुगे, निर्वाचनको तयारी अन्तिम चरणमा

Loading...