रवीन्द्र मिश्र र प्रकाशमान सिंह मतदान केन्द्रमा ५ बर्ष पछि दुबै भेटौला भन्दै टाढिए

काठमाडौं: काठमाडौं –१ का चर्चित उम्मेदवारद्धय प्रकाशमान सिंह र रविन्द्र मिश्रबीचमा भेटघाट भएको छ । नेपाली कांग्रेसका उम्मेदवार सिंह र राप्रपाका उम्मेदवार मिश्रबीच आफ्नो निर्वाचन केन्द्रमा भेटघाट हुदाँ रोचक संवाद भएको छ । प्रकाशमान सिंह: मनोनयन दर्तामा भेट भाथ्यो, आज भेटियो। अब ५ वर्षपछि भेटौँला।

 

रवीन्द्र मिश्र: अर्को पटक उम्मेदवारकारूपमा हाम्रो भेट नहोला। किनकि तपाईंलाई विश्राम चाहिएको छ, काठमाडौं-‌१ का मतदातालाई अब म चाहिएको छ।दुवैले आज बिहान काठमाडौं–१ मा मतदान गरेका थिए ।

 

यो पनि : बाजुरामा अझै मतदान हुन सकेन:धनगढी, ४ मंसिर । कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको विवादका कारण रोकिएको बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ र ८ तथा स्वामि कार्तिक गाउँपालिका ४ मा अझै मतदान सुरू हुन सकेको छैन ।

 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी भोलाबहादुर रावलका अनुसार तीनवटै केन्द्रमा मतदानअघि बढाउन छलफल भइरहेको छ ।

Loading...