कञ्चनपुर र बैतडीमा ६ जना किरियापुत्रीले मतदान गरे


अत्तरिया : कञ्चनपुर र बैतडीमा ६ जना किरियापुत्रीले मतदान गरेका छन । दशरथचन्द नगरपालिका – १ मा रहेको शोभा मावि मतदान केन्द्रमा २ जना र शुक्लाफाँटा नगरपालिका – १० मा रहेको सरस्वती मावि मतदान केन्द्रमा ४ जना किरियापुत्रीले मतदान गरेका हुन् ।


दशरथचन्द नगरपालिका १ का परामनन्द भट्ट र नवराज भट्ट आफ्नी आमाको किरियामा बसेका बेला मतदान गर्न मतदान केन्द्र सम्म पुगेका थिए । भट्टकी आमाको दुई दिन अघि मात्रै मृत्यु भएको थियो ।



यता शुक्लाफाटामा बुवा मीनबहादुर ऐरको निधनको शोकमा किरिया बसेका छोराहरु राजेन्द्र, बिरेन्द्र, अमर र अतुलले मतदान गरेका छन । मीनबहादुरको चार दिन अघि निधन भएको थियो ।



