कैलाली क्षेत्र नम्बर ४ मा मतगणनाका लागि बिहान ८ बजे सर्वदलिय बैठक

अत्तरियाः कैलाली क्षेत्र नम्बर ४ मा मतगणना गर्नको लागि ८ बजे सर्वदलिय बैठक बोलाइएको छ । मतगणना गर्नुअघि सर्वदलिय बैठक बस्नुपर्ने प्रावधान अनुरुप ८ बजे बैठक बोलाइएको हो ।

कैलाली – ४ का निर्वाचन अधिकृत इन्द्र बहादुर कडायतले मोहन्याल क्षेत्रका मतपेटि बिहान मात्रै पुगेकाले सर्वदलिय बैठक पछि मतगणना सुरु गरिने बताए ।

कैलाली क्षेत्र नम्बर ४ को मतगणना गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित गेटा मेडिकल कलेजको पूर्वी गेट नजिकको भवनलाई तोकिएको छ । जुन भवनमा निर्वाचन अधिकृतको कार्यालय पनि राखिएको छ ।

Loading...