एकाबिहानै बैतडीमा दु:खद खबर, प्रहरी सवार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
थप विवरण आउन बाँकी


बैतडी:


बैतडीमा एकाबिहानै प्रहरी सवार जिप दुर्घटनामा परेको छ । जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने पाटन नगरपालिका वडा नं. ४ स्थित थूम भन्ने स्थानमा आज बिहान अन्ताजी करिब ७ बजेको समयमा से १ ज ८५४ नं जिप दुर्घटनामा परेको हो ।



दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घटनास्थलमा रहनु भएका पाटन नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्टले जानकारी दिएका छन् । थप विवरण आउन बाँकी रहेको छ ।



