कैलाली क्षेत्र न. ४ मा ११ बजे पछी मात्र मतगणना हुने

अत्तरिया: कैलाली क्षेत्र नम्बर ४ मा ११ बजे पछि मात्रै मतगणना सुरु हुने भएको छ । कैलाली – ४ का निर्वाचन अधिकृत इन्द्र बहादुर कडायतले अझै सर्वदलिय बैठक बस्न नसकेको बताए । उनले कार्यालयमा कर्मचारी अभाव भएका कारण मतगणनाको पुर्व तयारीमा पनि ढिलाई भइरहेको बताए ।

 

यसअघि बिहान ८ बजे सर्वदलिय बैठक बसेर मतगणना सुरु गर्ने जनाइएको भएपनि तयारी नपुगेको भन्दै बैठकको समय साढे १० बजे राखिएको छ । कैलाली – ४ का का सबै निर्वाचन क्षेत्रको मतपेटिका संकलन भइसकेको छ ।

 

कैलाली क्षेत्र नम्बर ४ को मतगणना गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित गेटा मेडिकल कलेजको पूर्वी गेट नजिकको भवनलाई तोकिएको छ । जुन भवनमा निर्वाचन अधिकृतको कार्यालय पनि राखिएको छ ।

Loading...