विश्वकप फुटबलमा आज राती ३ खेल हुदै, यी ६ देशको धमाकेदार म्याच हुने

काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेलहरु हुँदैछन् । कतार विश्वकपमा सोमबार समूह ‘ए’ को एक खेल हुँदैछ । यस्तै समूह ‘बी’ को दुई खेल हुने तालिका रहेको छ ।

 

सोमबार हुने पहिलो खेलमा इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र इरानबीचको खेल बेलुका ६:४५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा रहेको इंग्ल्यान्ड र इरान जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ ।

 

समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

त्यस्तै समूह ‘ए’ अन्तर्गत सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । सेनेगल र नेदरल्यान्ड्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । ​मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भएको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

 

विश्वकपमा इक्वेडरको शानदार जित, रच्यो इतिहास
दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ। अल बायत स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले सुखद सुरुआत गरेको हो।

इक्वेडरको जितका कप्तान इनर भ्यालेन्सिया नायक बन्दै दुई गोल गरे । चौथो पटक विश्वकप खेलिरहेको इक्वेडरले पहिलो पटक विश्वकप खेलिरहेको कतारविरुद्ध पहिलो हाफमै दुई गोल गरेको थियो ।

 

खेलको १६ औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुआती अगता दिलाएका थिए । कतारी गोलकिपर साद अब्दुल्लाह अल शिवले पेनाल्टी क्षेत्रभित्र भ्यालेन्सियालाई लडाएपछि इक्वेडरले पेनाल्टी पाएको थियो । जसमा इनरले सहजै गोल गरे ।

 

त्यसअघि भ्यालेन्सियाले तेस्रो मिनेटमा गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो। त्यसपछि खेलको ३२ औं मिनेटमा भ्यालेन्सियाले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै इक्वेडरलाई २-० को जित दिलाए ।

 

विश्वकपमा भ्यालेन्सियाको यो पाँचौं गोल हो । भ्यालेन्सिया विश्वकपमा इक्वेडरका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। त्यसबाहेक दुबै टोलीले दोस्रो हाफमा गोलको अवसर पाएका थिए । तर, दुबै टोलीले सदुपयोग गर्न सकेनन् ।

 

यस जितसँगै समूह ‘ए’ मा रहेको इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको छ । यससँगै उसले इतिहास रचेको छ। उद्घाटन म्याच जित्दै इक्वेडरले इतिहास कायम गरेको हो। आयोजक कतारले भने हारबाट विश्वकपको सुरुआत गरेको छ । कतार विश्वकपको उद्घाटन खेलमा हार व्यहोर्ने पहिलो आयोजक राष्ट्र बनेको छ । यसअघि कुनैपनि आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको थिएन ।

Loading...