निर्वाचन सकाएर सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारि लिनुहोस आजको बजार मूल्य विवरण


सोमबार सुनको मुल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबारको तुलनामा सोमबार सुनको मुल्य घटेर कारोबार भएको हो । गत शुक्रबार प्रतितोला ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।


यसैगरी यसअघि प्रतितोला ९७ हजार ६०० रुपैयाँ रहेको तेजावी सुनलाई आज ९७ हजार रुपैयाँ मात्रै पर्नेछ । यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।



यसअघि चाँदीको भाउ प्रतितोला एक हजार २८० रुपैयाँ रहेकोमा आज घटेर एक हजार २६५ रुपैयाँमा कारोबार हुने भएको छ ।




