कञ्चनपुर ३ मा एमालेकी निरु पाललाई पछाडी पार्दै कांग्रेसका रमेश लेखक अगाडी दौडिदै


कञ्चनपुर : कञ्चनपुर ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकले आफ्नो अग्रता बढाउँदै लगेका छन् । ८०० मत गणना भइसक्दा लेखकले ४२७ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी निरु पालले २२३ मत पाएकी छिन् ।


भीमदत्त नगरपालिकाका १,२ र ३ नम्बर वडाको मत गणना भइरहेको छ । क्षेत्र नम्बर ३ मा ११ जना उम्मेदवार छन् । ४ जना स्वतन्त्र उम्मेदवार छन् । कञ्चनपुर क्षेत्र नम्बर ३ मा ५९ हजार ४९ मत खसेको थियो ।





