कञ्चनपुर क्षेत्र नम्बर १ मा एमालेका तारालामा, माओवादीकी विनामगर भन्दा दोब्बर मतले अगाडी


अत्तरिया: कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका तारालामा तामाङले प्रतिस्पर्धी भन्दा दोब्बर मतले अग्रता लिएका छन । ४ हजार २९८ मत गणना हुँदा तामाङको २ हजार २७४ मत ल्याएका छन भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले १ हजार १८४ मत पाएकी छन् । यस्तै राप्रपाका उम्मेदवारले १०७ मत पाएका छन् । २४९ मत बदर भएको छ ।


निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा –१) मा पनि एमालेका उम्मेदवार अगाडि छन् । ३८६६ मत गणना हुँदा प्रदेश सभा १ मा एमालेको १८३७ मत छ । नेपाली काँग्रेसका उम्मेदवारको १२४७ मत छ ।



यस्तै जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा –२)मा ४२७० मत गणना भएको छ । उक्त निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार अगाडि छन् । काँग्रेसको १५७९ मत छ । एमालेका उम्मेदवारको १३४० मत छ ।



