कैलाली क्षेत्र न. ४ मा बिर बहादुर बलायरलाई राहात, लेखराज झिनो मतान्तरले अगाडी दौडिदै


अत्तरिया: प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका लेखराज भट्टको वडामा पछाडी परेका कांग्रेसका उम्मेदवार वीर बहादुर बलायरलाई गौरीगंगामा राहत मिलेको छ । गौरीगंगाको वडा नम्बर १ र २ मा मगतणना गर्दा बलायरले भट्ट भन्दा बढी मत ल्याएका छन ।


दुई वडामा ४ हजार ४७२ मत गणना गर्दा बलायरले १ हजार ७६४ मत पाएका छन भने भट्टले १ हजार ५३४ मत पाएका छन ।



सुरुवाती मतगणनामा अगाडी रहेका बलायरले लेखराजको गृहपालिकामा मतगणना गर्दा पछाडी परेका थिए ।


गौरीगंगाका २ वडा संगै हालसम्म कैलाली क्षेत्र नम्बर ४ अन्तरगतका १२ वडाको मतगणना सकिएको छ । जसमा लेखराज भट्टले ९ हजार ६१ मत ल्याएका छन भने बलायरले ८ हजार ६०७ मत ल्याएका छन । दुवै बीचको मतान्तर ४५४ रहेको छ ।
यसअघि १० वडामा मतगणना गर्दा भट्ट र बलायर बीचको मतान्तर ६८४ रहको थियो ।



