कैलाली क्षेत्र नं. ४ मा अझै मतगणना भएन !

अत्तरिया: कैलाली क्षेत्र नम्बर ४ मा दिउँसो १२ बजे देखि रोकिएको मतगणना सुरु हुन सकेको छैन । मत गणनाका क्रममा एउटा मत अर्धकट्टी सहित भेटिए पछि विवाद हुँदा मतगणना रोकिएको हो ।

उक्त अर्धकट्टी सहितको मतका बिषयमा एमालेका प्रतिनिधिले विवाद गरेका थिए । निर्वाचन अधिकृत ईन्द्र बहादुर कठायतले विवादको सामाधानका लागि दुवै पक्ष बीच छलफल गर्नका बोलाइएको बताए ।

३ घण्टा देखि मतगणना रोकिएको भएपनि विरोध गरिरहेको पक्षले छलफलमा सहभागिता नजनाउँदा मतगणना रोकिएको जनाइएको छ ।

Loading...