चर्चित पत्रकार प्रेम बानियाले अमेरिकाबाट रवि लामिछानेलाई लेखे यस्तो मार्मिक पत्र

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको यतिबेला सर्वत्र चर्चा चुलीएको छ । रविको नेतृत्वमा स्थापना भएको केही महिनामा नै यसले देशभरका ठूला पार्टीहरुको घण्टी नै बजाइदिएका बेला रविलाई सुभेच्छा प्रकट गर्नेहरुको लाम लागेको छ ।

यसैबिच अमेरिकामा रहेका लोकप्रिय संचारकर्मी प्रेम बानियाले रविलाई सुझाव दिँदै तत्कालै सरकारमा जान नहुने बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै बानियाले भनेका छन् ‘अब राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य ‘स्वतन्त्र’ हरुको एउटा छाता तयार गरेर छिट्टै एक विशाल शक्ति र संगठनका रुपमा यसलाई एउटै विचारको घेराभित्र व्यवस्थित गरिहाल्न जरुरी छ । ‘

र यसपटक पूर्णरुपमा प्राप्त नभएको उपलब्धीलाई आगामी निर्वाचनमा जनताको बहुमत लिन सक्नेगरी संगठन र धार निर्माण गर्न सुरु गर्नुपर्नेछ । प्रतिपक्षमा नै बस्ने सुझाव दिँदै बानियाले अगाडी भन्छन् तत्काल सरकारमा जाने त परिकल्पना पनि गर्नुहुन्न ।बरु, संसदमा इतिहासदेखिका भ्रष्टचारले डुङ्डुङ्ती गन्हाएका विषयहरुलाई यसरी उतार्नुपर्छ कि भविष्यले थाहा पाओस् यो देश ककस्ले चुसेर यति निरीह बनाएका रहेछन् ।

बानियाले लेखेको स्टाटस यस्तो छ : नेपाली राजनीतिको इतिहासमा ‘कहिल्यै नभएको’ एक अस्वभाविक राजनीतिक अभ्यास ‘ब्यालेट’मै देखाइदिए नेपाली जनताले ! अबको दस वर्ष देशमा कोको प्रधानमन्त्री हुनेछन् नामलिष्ट भित्तामा टाँसेर परदेसिएको म र मजस्ता परदेसिएका लाखौं नेपालीहरुका लागि यो ‘तीन पुस्तालामो खुशीको उभार’ हो ।

यसको अर्थ चाँडै त्यो नामलिष्टभन्दा बाहिरको उर्जाशील नयाँ पात्र प्रधानमन्त्री बन्ला र देश रातारात बनाउला भन्ने आशा छैन र यो सम्भव छैन तर देशले अब परिवर्तनको उडान सुरु गरेको र यसमा जनताको साथ रहेको सत्यचाहीँ छर्लंग भएको छ ! यस सँगै यो उभारलाई सम्हाल्न र व्यवस्थापन गर्न सकिएन भने इतिहासकै डरलाग्दो खतरा पनि यसैसाथ आएको छ ।

त्यसैले अब राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य ‘स्वतन्त्र’ हरुको एउटा छाता तयार गरेर छिट्टै एक विशाल शक्ति र संगठनका रुपमा यसलाई एउटै विचारको घेराभित्र व्यवस्थित गरिहाल्न जरुरी छ । र यसपटक पूर्णरुपमा प्राप्त नभएको उपलब्धीलाई आगामी निर्वाचनमा जनताको बहुमत लिन सक्नेगरी संगठन र धार निर्माण गर्न सुरु गर्नुपर्नेछ ।

अर्को कुरा, आहन नै बनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ यो रहनै हुन्न । र, यस्ता आहनहरु बदल्नैपर्छ । अर्थात् अबको संसदमा सशक्त प्रतिपक्ष नै स्वतन्त्र पार्टीको सवभन्दा उत्तम रोजाई हो । तत्काल सरकारमा जाने त परिकल्पना पनि गर्नुहुन्न ।

बरु, संसदमा इतिहासदेखिका भ्रष्टचारले डुङ्डुङ्ती गन्हाएका विषयहरुलाई यसरी उतार्नुपर्छ कि भविष्यले थाहा पाओस् यो देश ककस्ले चुसेर यति निरीह बनाएका रहेछन् !अनि मैले प्रशस्त पटक रबिजीलाई यी मुद्दाहरुमा हामी कहिल्यै पछाडि पर्नुहुन्न भनेर अर्थाएको छु, जस्तो कि स्वाभिमान ।

जबसम्म देश र जनताले आत्मनिर्भरताको आधार बनाउन सक्दैनन् तबसम्म हाम्रो स्वाभिमान र इतिहासले हामीलाई गिज्याइरहेको हुन्छ ! त्यसैले भ्रष्टाचारका ठूला फाइलहरु उतारेसँगै देश र जनतालाई स्वाभिमानको गोरेटोमा अगाडि लैजान आत्मनिर्भरताका विषयहरुलाई उठाइहाल्नु पर्छ र जति सकिन्छ हिजोको राजनीतिले कत्लेआम गरेका स्वदेशी उद्योगहरुलाई पुनर्जीवन दिन सुरु गरिहाल्नुपर्छ ।

जस्ले मात्रै स्वदेशमा रोजगारीको अवसर बढाउँछ र आत्मनिर्भरता पनि ! हिजो राजनीतिले खाईभ्याएको भृकुटी कागज कारखानादेखि बुटवल धागो, गोरखकाली रबर उद्योग वा बीरगन्ज चिनी वा हिमाल सिमेन्ट वा अरु करिब तीन दर्जन उद्योगहरु ! जस्ले मात्रै स्वाभिमानको शीर अग्लो बनाउँछ ।

अनि यही अभ्यासको परिणामस्वरुप विदेसिएका नेपालीहरु नेपाल फर्किने बाटो पनि खुल्छ । यसै प्रयासस्वरुप जय स्वाभिमान टिमले यो सोच ब्याक टु नेपालको ड्राफ्ट पनि गरिरहेको छ यी सबै विषयहरुलाई हामीले समृद्धि र स्वाभिमानको अभ्यासका रुपमा अघि लैजानु पर्छ । बाँकी एजेण्डाहरु क्रमश… र यी मेरा नितान्त व्यक्तिगत विचारहरु हुन् ।

Loading...