बझाङ प्रदेश १ मा गठबन्धनका पृथ्वी बहादुर सिंह बिजयी


बझाङ: बझाङ प्रदेश १ मा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका पृथ्बी बहादुर सिंह बिजयी भएका छन । उनले नेकपा एमालेका उम्मेदवार अफीलाल ओखेडालाई ३ हजार ३६९ मतले पराजीत गर्दै विजयी हुनुभएको हो ।


मुख्य निर्बाचन अधिकृतकोे कार्यालयका अनुसार सिंहले १६ हजार ६७७ मत प्राप्त गर्नुभयो भने एमालेका ओखेडाले १२ हजार ९९८ मत प्राप्त गर्नुभएको छ । राप्रपा नेपालका कणर्बहादुर खड्का ४१२ र राप्रपाका हरीलाल भट्टराईले ३९५ मत प्राप्त गर्नुभएको छ ।



बझाङमा अहिले सत्ता गठबन्धनका साझा उम्मेदवार भानुुभक्त जोशी २२ हजार ७ सय ६२ मत सहित अग्रस्थानमा हुनुुहुन्छ । उनलाई नेकपा एमालेका उम्मेदवार ऐन महरले २१ हजार ९ सय ४३ मत सहित पछ्याइरहुनुु भएको छ ।




