बझाङ बाट प्रतिनिधि सभामा पूर्वमन्त्री भानुभक्त जोशी निर्वाचित 

बझाङ:


बझाङको प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीले जित हासिल गरेका छन्। मुख्य निर्वाचन कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री जोशी २८ हजार १ सय ४३ मत ल्याएर विजयी भएका हुन

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ऐन महरले २७ हजार १ सय ४५ मत ल्याएर चित्त बुझाउन सफल भएका हुदै पराजित भएका छन् । जोशी ९ सय ९८ मतान्तरले विजयी भएका छन् ।  जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ८ जना उम्मेदवार चुनावी मैदानमा हुमिएका थिए ।

Loading...