गठबन्धनका कुँवरलाइ हराउँदै बैतडीबाट प्रतिनिधिसभामा भण्डारी विजयी


बैतडी:


एकमात्र प्रतिनिधि सभा क्षेत्र रहेको बैतडीमा प्रतिनिधि सभामा नेकपा एमालेका दामोदर भण्डारीले लगातार तेश्रो पटक विजयी हात पार्न सफल भएका छन् । गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्र बहादुर कुवँर (बिजयसुन्दर) लाई पराजित गर्दै भण्डारीले जीत हात पारेका हुन् ।



एमालेका भण्डारीले ३३ हजार ६ सय ११ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका नरेन्द्र कुँवरले ३२ हजार ८० मत ल्याए ।


दोश्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको निर्वाचनमा विजय हासिल गरेका नेता भण्डारीले १ हजार ५ सय ३१ मतले पछि पार्दै भण्डारीले लगातार बैतडी बाट प्रतिनिधि सभामा तेश्रो पटक जित हात पारेका हुन् ।


