बझाङमा निर्वाचित भएका सत्ता गठबन्धनका उम्मेदवारहरुद्धारा विजयी जुलुस

बझाङ: बझाङ बाट प्रदेश सभा र प्रतिनिधि सभामा बिजय भएका उम्मदबारहरुले आज बिजय जुलुस निकालेका छन् । जिल्ला सदरमुकाम चैन्पुरमा बिजय घोषणा पश्चात उनीहरुले बिजय र्रयाली निकालेका हुन । सत्ता गठबन्धनमा रहेका ३ वटै उम्मेदबारले बाजागाजा सहित चैन्पुरमा बिजय जुलुस निबालेका थिए ।

मँसीर ४ गते प्रनितिधि र प्रदेश सभा सदस्य निर्बाचन सम्पन्न भएको थियो । मँगलबार बाट मतगणना थालएिको र बुधबार मध्यराती मत गणना सम्पन्न भएपछि बिजय भएका उम्मेदवारहरुले आज बिजय जुलुस निकालेका हुन । जसमा प्रतिनिधि सभा सदस्यमा नेकपा एकिकृत समाजबादीका स्थायी कमिटि सदस्य भानुभक्त जोशी बिजय हुनुभएको छ । जोशीले २८ हजार १ सय ४३ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका ऐन महरले २७ हजार १ सय ४५ मत प्राप्त गरेर पराजित हुनुभयो । जोशी ९ सय ९८ मतान्तरले विजयी हुनुभएको छ ।

यस्तै प्रतिनिधि सभा सदस्यमा राष्टिय प्रजातन्त्र पार्टीका बिश्व प्रकास जेठाराले १ हजार १ सय १९ मत, जनता समाजबादी पार्टीका राम बहादुर जार्गीले २ सय मत, स्वतन्त्रका डम्बर बहादुर खड्काले २ सय ९ मत, स्वतन्त्रका रामचन्द्र रानाले ६ सय २८ मत, राष्टिय स्वतन्त्र पार्टीका प्रेमराज जोशीले ५ सय २३ मत ल्याएका छन् । प्रतिनिधि सभामा बझाङबाट जम्मा ६१ हजार ५ सय ६ मत खसेको थियो ।

यस्तै प्रदेशसभा क मा सत्ता गठबन्धनका उम्मेदवार पृथ्वीबहादुर सिंह विजयी हुनु भएको छ । सिंह १६ हजार ६ सय ७७ मतसहित विजयी हुनु भएको हो भने, नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडा १२ हजार ९ सय ९८ मत ल्याएर पराजित हुनुभयो । यस्तै प्रदेश सभा सदस्यमा राष्टिय स्वतन्त्र पार्टीका कणर् बहादुर खड्काले ४ सय १२, राष्टिय प्रजातन्त्र पार्टीका हरीलाल भट्टराइले ३ सय ९५ मत ल्याउनुभएको छ । प्रदेश सभा क मा ३० हजार ८ सय ५४ मत खसेका थियो,

यस्तै त्यसैगरी प्रदेश सभा ख मा पनि सत्ता गठबन्धनमा रहेको अर्को दल नेकपा माओवादी केन्द्रका भिम भण्डारी विजयी हुनुभएको छ । भण्डारीले १३ हजार ८७९ मत ल्याएर विजयी हुनुभएको हो भने, नेकपा एमालेका उम्मेदवार एलवी रावल ११ हजार ३३७ मतसहित पराजित हुनुभयो । राप्रपाका विरेन्द्र मल्लले २ हजार २७२ मत प्राप्त गर्नु भएको छ । जम्मा २९ हजार ७ सय ६८ मत खसेको थियो ।

 

Loading...