सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु


के राजनीति गर्नुछ यार रोजगार छैन
गरिब श्रमजिविको कतै सरकार छैन।
चुलो पनि जल्दैन खाडी मुलुक नजांदै,
पसिना वेच्नु बाहेक कुनै कारोवार छैन।
जिवन भरी त लाहुरमा मज्दुरी गरियो,
अब परिवारसंगै बस्ने कुनै आधार छैन।
गरिब मुक्त गर्छौं भनी धन मन लगायौं,
क्रान्तिकै नेतृत्व गर्नसक्ने औतार छैन।
चुनाव हुन्छन् युवा बिहिन छ देश हाम्रो,
देशको मुहार बदलिने कुनै निदार छैन।
समाजवाद अन्मुख भन्छ अवसरबादी,
कुनै निकांए देखाउ जहां भ्रष्टचार छैन।
॥२॥


लाग्छ फेरी उस्तै त्यो बिचार बतास बन्यो,
मनको कुना कुना त्यसैले त उदाश बन्यो।
न उस्ले केही दिने आश छ न लिने आश,
जिन्दगीमा त्यही अनगिन्ती तमास बन्यो।
जिवन र जगतमा थरि थरीका परिघटना,
नियाल्दा आफ्नो जिन्दगानी खास बन्यो।
दुई ढुङ्गा बिचको तरूल जस्तै जिन्दगी,
जस्को दामन थामे नी दु:खकै रास बन्यो।
जस्लाई मानिस सधैभरी सम्झियो बेकार,
उनिहरू लाई त्यही अक्सर निकास बन्यो।



॥३॥


पुराना पार्टीहरू सँग त अघाए जनतापनि,
त्यसैले नयाँसँग साइनो लगाए जनतापनि।
कसैको बैण्ड बजाए कसैको बज्यो घन्टी,
उसैलाई चिल्लो देखेर फकाए जनतापनि।
जुनसुकै वादी भयपनि देशभक्त पनि छन,
दलालहरूलाई त हरेस खुवाए जनतापनि।
जनताको विस्वास नै जित्न सकेनन् धेरैले,
उनैलाई अबको पालोमा गलाए जनतापनि।
पुँजिवादी समाजमा बुजुर्वाको चलखेल छ,
उनैको ओधारे घर उनैको छाए जनतापनि।
नतिजा आउँन त अँझै धेरैदिन लाग्न सक्छ,
चुनावमा भन्दा नी माहोल तताए जनतापनि।
॥४॥
घुमि घुमी आउंछन उनै जाली मान्छे,
लगाए अविर बजाउंछन ताली मान्छे।
जिम्मा कोही लिंदैनन् हावादारी भए,
स्वार्थ बाहेक केही छैन खाली मान्छे।
बिना प्वांख उड्नेहरू बज्रिन्छन पनि,
सधै चढ्न खोजेकोछ उकाली मान्छे।
जनतालाई ठग्छ बन्दगीमै राख्दै देश,
ठुलो भाग पाउंन बढाए थाली मान्छे।
आउंने परिणाम पनि भयानक होला,
के संदेश लगिजाला यसपाली मान्छे।
सुरेवकुमार पान्डे।



