कैलालीको गोदावरी नगरपालिकामा पनि लैंगिक हिंसा सम्बन्धी १६ दिने अभियान सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा लैंगिक हिंसा सम्बन्धी १६ दिने अभिया सुरु भएको छ । नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले शुक्रबारदेखी अभियान सञ्चालन गरेको हो ।

नगरउपप्रमुख शारदा रोकायाले १६ ओटा मैनबत्तिहरु बालेर अभियानको उद्घाटन गरिन । उद्घाटन पश्चात बोल्दै उनले महिला हिंसाको अन्त्यको सुरुवात आफ्नै घरबाट गर्नुपर्ने बताईन । ‘सुरुवातमा महिला हिंसाको अन्त्य घरबाटै सुरु गरौ’ उनले भनीन ‘घर–घरमा महिला प्रति राम्रो व्यवहार भए, समाजमा पनि राम्रो हुन्छ र राष्ट्रमै पनि राम्रो हुन्छ ।’ उनले महिलालाई दोस्रो दर्जामा नराखि पुरुष सरह हर ठाउँमा समान अधिकार दिईनुपर्ने बताईन ।

May be an image of 12 people and people standing

‘महिला र पुरुषको अधिकार बराबर हो, मानव अधिकार दुवैको समान हुन्छ’ उनले भनीन ‘त्यस्तो अवस्थामा महिलाहरुमाथी मात्रै हुने विभेदको अन्त्य हुनुपर्दछ ।’ उनले महिलाहरुलाई कानुनी आधारमा हर क्षेत्रमा अधिकार दिईनुपर्ने बताईन । हिंसा पुरुषलाई पनि हुनसक्ने बताउदै उनले त्यस्तो हिंसालाई पनि न्युनिकरण गर्न जरुरी रहेको बताईन । उनले महिलाहरुमाथी समान व्यवहार गरिए घरपरिवार नै खुसी हुने बताउदै घरपरिवार खुसी भए समाज व्यवस्थीत बन्ने र समाज व्यवस्थीत बने देश समृद्ध हुने बताईन ।

May be an image of 9 people and people standing

कार्यक्रममा बोल्दै महिला, बालबालीका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गोदावरी धामीले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि अभियानको थालनी गरिएको बताईन । उनले अभियानअन्तरगत यस पटक बालबालीका तथा विद्यार्थीहरुलाई लैंगिक हिंसा सम्बन्धीका घटनाहरु र त्यसको न्युनिकरणका बारेमा सचेतना दिईने बताईन ।

May be an image of 12 people, people standing and people sitting

‘यसपटक हामीले नगरभित्र रहेको माविस्तरका विद्यालयहरुमा गएर लैंगिक हिंसा सम्बन्धी सचेतना दिने योजना बनाएका छौ’ उनले भनीन ‘त्यसका लागी सुरक्षाकर्मी, वकिल तथा नगरपालिकाका कर्मचारीहरुलाई सहभागी गराईनेछ ।’ उनले विद्यालयस्तरदेखी नै लैंगिक हिंसाका बारेमा जानकारी दिन जरुरी रहेकाले अभियान अन्तरगत उक्त कुराहरु समावेश गरिएको बताईन ।

May be an image of 2 people, candle and cake

उनले विद्यालयहरुमा कक्षा ८ देखी माथिका विद्यार्थीहरुलाई बालविवाह न्युनिकरण, छाउपडि प्रथा, मानब बेचविखन, साईबर क्राईम, लागुपदार्थ दुव्र्यसनी लगायतका विषयहरुका बारेमा जानकारी दिईने बताईन । लैंगिक हिंसा सम्बन्धी १६ दिने अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिख देखी डिसेम्बर १० तारिख सम्म (मंसिर ९ गतेदेखी २५ गतेसम्म) सञ्चालन गरिन्छ ।

Loading...