अत्तरिया हस्पिटलमा महिलाका लागि नि:शुल्ल स्वास्थ्य शिविर संचालन हुदै

धनगढी : कैलालीको अत्तरियास्थित अत्तरिया हस्पिटलले मंसिर ११ र १२ गते बरिष्ट स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. शिबा बम द्वारा नि:शुल्क स्त्री तथा प्रसुती रोग सम्बन्धि चेकजाच तथा परामर्श गर्ने भएको छ ।

हस्पिटलका अनुसार विशेषज्ञ चिकित्सकबाट मंसिर ११ र १२ गते बिहान ८ बजेदेखि (ओपीडी) सेवा संचालन भैइरहेको साथै विभिन्न किसमका जाँच तथा अप्रेशन मा छुट रहेको ब्यहोरा आम सर्वसाधारण लाई सुचित गर्दै अस्पताल प्रशासनले सूचना जारी गरेको छ ।

अत्तरियामा अत्तरिया हस्पिटलले विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा दिदै आएको छ ।

Loading...