बाजुराको बुढिनन्दामा आज भएको पुन मतदानमा ५९ प्रतिशत मत खसे, मतगणना अनिश्चित

बाजुरा : बाजुराको बुढिनन्दा–५ मा शनिबार भएको पुन मतदानमा ५ सय ९७ जनाले मतदान गरेका छन् । अर्थात ५९ प्रतिशत खसेका हुन् ।
मंसिर ४ गते काँग्रेस र एमालेका कार्यकर्ताहरु बीच भएको झड्पका कारण स्थगित भएको मतदान शनिबार शान्तिपुर्ण सम्पन्न भएको निर्वाचन कार्यलय बाजुराले जनाएको छ । ९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिए । २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेको उनले बताए ।

शनिवार सम्पन्न भएको मतदान सँगै बाजुरामा मतदान सम्पन्न भएको छ । मतदान भने अनिश्चित छ । केहि मतदान केन्द्रमा फर्जि मत खसाएको आरोप लागेपछि मत गणना अनिश्चित रहेको आयोगले जनाएको छ । काँग्रेसले ८ वटा मतदान केन्द्र र एमालेले १५ वटा मतदान केन्द्रमा पुन मतदान हुनुपर्ने माग राखेको छ । मतदान केन्द्र कब्जा भएर फर्जि भोट खसाएको एकअर्काले आरोप लगाएको छ ।

केही मतदान केन्द्र कब्जा भएको जानकारी पछि निर्वाचन आयोगको टोलि बाजुरा अनुगमनमागरिरहेको छ । । आयोगका सहसचिब तुलसि श्रेष्ठको नेतृत्वमा तिन सदस्यी टोलि बाजुरा पुगेर छानबिन गरिरहेको छ । राजनितिक दल, मतदान अधिकृत, सुरक्षा प्रमुखलाइ भेटेर मतदानको बारेमा बुझिरहेको हो ।

 

 

Loading...