साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को खेलमा बिजयी, टप १६मा प्रबेश


साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को आज भएको खेलमा बिजयी भएको छ । आज राति भएको समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको छ । फ्रान्सले लगातार दोस्रो जित निकाल्न सफल भयो ।


युवा स्ट्राइकर केलियन एमबाप्पे चम्किए संगै फ्रान्सले डेनमार्क माथि २-१ गोलको जित निकाल्यो। एम्बापेले ६१ मिनेटमा गोल गरेका थिए। तर ६८ मिनेटमा क्रिस्टिनसनले डेनमार्क लागि बराबरी गोल फर्काए।



खेलको इन्ज्युरी समयमा एमबाप्पेले टिमका लागि व्यक्तिगत दोस्रो गोल गरे। उनले विश्वकपमा आफ्नो गोल संख्या ७ पुर्याएका छन् भने विश्वकपमा पछिल्ला तीन खेलमा लगातार गोल गरेका छन्।




