डडेल्धुराको गन्यापधुरा – ४ कि टिकादेवी भट्ट अनुदानमा हाते ट्याक्टर पाएपछि आफै खेत जोत्न थालिन

डडेल्धुरा : पछिल्लो समय किसान खेत जोत्न गोरुको सट्टा हाते ट्याक्टरतिर आकर्षित हुन थालेका छन् ।

उनीहरुले हाते ट्याक्टरको प्रयोगले समय र श्रम दुवै कम हुने भएकाले उनीहरु ती हाते ट्याक्टरप्रति बढी आकर्षित हुने गरेका हुन् । तराईका जिल्लामा अधिकांश किसानले ट्याक्टर र हाते ट्याक्टर प्रयोग भएपनि पहाडी जिल्लामा हाते ट्याक्टरको प्रयोग बढ्न थालेको छ ।

पराम्परा अनुसार खेती गर्न गोरु पाल्नु पर्ने, खेत जोत्न पुरुषकै भरमा खेतीपाती गर्नु पर्ने चलन रहेको छ । तर अहिले हाते ट्याक्टर प्रयोगमा आएपछि महिलाहरु पनि हाते ट्याक्टरले खेत जोत्न थालेका छन् ।

डडेल्धुरा जिल्लाको गन्यापधुरा ४ लेउपाटाकि टिकादेवी भट्ट अनुदानमा हाते ट्याक्टर पाएपछि आफै खेत जोत्न थालेकी छन् । खेत जोत्ने एकातिर गोरु पाल्नु परेको थियो भने अर्को खेत जोत्न पुरुषकै आवश्यकता रहेको थियो ।

UNDP सिड्स नेपाल र गन्यापधुरा गाउँपालिकाको सयुक्त साझेदारीमा संचालित हरित उत्थनशिलता तथा समावेशी कोभिड प्रतिकार्य परियोजना अन्तर्गत हाते ट्याक्टर अनुदानमा पाएपछि व्यवसायिक रुपमा तरकारी खेति गर्न थालेकी छन् ।

गोरु सट्टा हाते ट्याक्टर र पुरुषले नै गोरु जोत्ने प्रचलनलाई बिस्थापित गर्दै टिकादेवी खेतबारी आफै हाते ट्याक्टरले जोत्ने गर्ने गरेकी छन् । गाउँ खेत जोत्न गोरु पाल्नु पर्ने भने अर्को तिर थोरै खेत जोत्ने नी पुरुष खोज्नु पर्ने बाध्यता थियो । हाते ट्र्याक्टर भएपछि खेत जोत्न छिटो तथा सजिलो भएको बताइन् । उनले भनिन्, ‘UNDP सिड्स नेपाल र गन्यापधुरा गाउँपालिकाको सयुक्त साझेदारीमा संचालित हरित उत्थनशिलता तथा समावेशी कोभिड प्रतिकार्य परियोजना अन्तर्गत हाते ट्याक्टर अनुदानमा पाएपछि मैले पनि हाते ट्याक्टरले खेत जोत्न थालेकी छु, राम्रै भएको छ ।’

हरित उत्थनशिलता तथा समावेशी कोभिड प्रतिकार्य परियोजना अन्तर्गत संस्थाले समुह गरि १३ हाते ट्याक्टर अनुदान दिएको थियो । हाते ट्याक्टर अनुदान पाएपछि अधिकांश किसानले गोरुले खेत जोत्नुको सट्टा हाते ट्याक्टरले खेत जोत्न थालेका छन् ।

Loading...