काठमाण्डौ महानगरले सुकुमवासी वस्तीमा डोजर चलाएकोप्रति केपी ओलीको आपत्ति
भन्छन, डोजर लिएर जाने भए आयोग किन बनाएको, किन तनखा खुवाएको ?


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरले काठमाडौंको थापाथलीस्थित सुकुमवासी वस्तीमा डोजर चलाएकोप्रति आपत्ति जनाएका छन्।


मंगलबार पार्टी निकट सांस्कृतिक संगठनले आयोजना गरेको बधाइ कार्यक्रममा बोल्दै ओलीले डोजर चलाउने भए सुकुमवासी समस्या समाधान आयोग किन गठन गरेको भनेर प्रश्न गरेका छन्।



‘डोजर लिएर जाने भए आयोग किन बनाएको? आयोगका पदाधिकारीलाई किन तनखा खुवाएको?’ ओलीले भने, ‘१५–२० वटा डोजर किनेको भए भइहाल्थ्यो नि !’




