फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गर्न अर्जेनटिनाले पोलेन्डको सामाना गर्दै ! अहिले सम्मको ‘हेड टु हेड’ नतिजा यस्तो छ


काठमाडौं: कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार पोल्याण्ड र अर्जेन्टिना खेल्दैछन्। यी दुई देशबीचको खेल स्टेडियम ९७४ मा नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ।


दुवै टिमलाई यो जित्र्नैपर्ने दबाब छ। दुवै टिम यो म्याचमा विजयी हुँदै नकआउट चरणमा पुग्न चाहन्छन्। दुवै टिम उत्कृष्ट लयमा फर्किएका छन्। दुवै टिममा विश्वस्तरीय खेलाडीहरू पनि रहेका छन्। अर्जेन्टिना लियोनल मेस्सी र पोल्याण्ड रोबर्ट लेवान्डोस्कीको कप्तानीमा मैदानमा उत्रिनेछ।



पहिलो खेलमा पोल्याण्ड मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको थियो। उसले दोस्रो खेलमा साउदी अरबलाई २–० गोल अन्तरले पराजित गरेको थियो। पोल्याण्डको जितमा प्रिटो जिलेन्स्की र कप्तान रोर्बट लेवान्डोस्कीले एकएक गोल गरेका थिए।


आफ्नो पहिलो खेलमा अर्जेन्टिना साउदी अरबसँग २–१ गोलले हारेको थियो। दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको थियो। अर्जेन्टिनाको उक्त जितमा कप्तान लियोनल मेस्सी र एन्जो फर्नान्डेजलले गोल गरेका थिए।
पोल्याण्ड समूह ‘सी’ को शीर्ष स्थानमा रहेको छ। उसले २ खेलमा ४ अंक जोडेको छ। एक हार र एक जितका साथ अर्जेन्टिना दोस्रो स्थानमा छ। उसको ३ अंक रहेको छ। साउदी अरब पनि ३ अंकसहित तेस्रो नम्बरमा छ। मेक्सिकोले एक अंक जोड्दै पुछारमा रहेको छ।

हेड–टू–हेडमा पोल्याण्डविरुद्ध अर्जेन्टिना हाबी हुँदै आएको छ। दुई टोलीबीचको अहिलेसम्म ११ वटा अन्तर्राष्ट्रिय म्याच भएका छन्। जसमा अर्जेन्टिनाले ६ खेलमा जित, तीनमा हार र दुई म्याचमा बराबरी खेलेको छ।
विमलले बताए ‘कतार विश्वकप’ जित्न सक्ने पाँच टिमको नाम
फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ कतारमा जारी छ। विश्वकप मंसिर ४ गतेदेखि सुरु भएको हो। दिनमा चारवटा खेल भइरहेका छन्। विश्वकपमा म्याचहरू निकै प्रतिस्पर्धात्मक भइरहेका हुन्। साना देशले चर्चित राष्ट्रहरूलाई टक्कर दिइरहेका छन्। अप्रत्यासित नतिजा पनि आइरहेका छन्।
एसियाली मुलुक कतारमा पहिलोपटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ। यस विश्वकपमा कुल ६४ खेल हुनेछ। आठ रंगशालामा आयोजना भइरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ।
विश्वकप फुटबल नेपालमा पनि धेरैले हेर्ने गर्छन्। नेपालमा हिमालयन एचडी टीभीले प्रत्यक्ष प्रशारण गरिरहेको छ। त्यसले पनि सबै नेपालीहरू आफ्नै घरमा बसेर म्याच हेरिरहेका छन्। र, आ–आफ्नो टिमलाई समर्थन गरिरहेका हुन्छन्। विश्वकप चारवर्षमा आउने एक महाकुम्भ मेलाजस्तै हो।
नेपाली फुटबल खेलाडीहरूले पनि धेरै कुरा विश्वकपबाट सिक्छन्। यसैक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका चर्चित स्ट्राइकर विमल घर्तीमगर पनि अर्जेन्टिनालाई समर्थन गरिरहेका छन्। उनी अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका ठूला फ्यान हुन्। विमल पनि मेस्सी जर्सी नम्बर १० लगाएर खेल्ने गर्छन्। विमल नेपाली फुटबल समर्थकमाझ लोकप्रिय नाम हो।
विमलले यसपटकको विश्वकप अर्जेन्टिना, ब्राजिल, जर्मनी इंग्ल्याण्ड र पोर्चुगलमध्ये एक टिमले जित्ने बताएका छन्। हालै एक युट्युब च्यानललाई दिएको अन्तर्वार्ताका क्रममा विमलले सो कुरा बनाएका हुन्। ‘म मेस्सीको फ्यान हुँ। त्यसैले म यसपटक पनि अर्जेन्टिनालाई समर्थन गरिरहेको छु,’ विमलले भने,‘ विश्वकप हेरिरहेको छु। मेस्सी टिमलाई राम्रोसँग ह्यान्डिल गर्न सक्छन्।’


