न्यूरो सर्जरीको उपचारमा कैलाली अस्पताल अब्बल सावीत हुदै
टाउको, दिमाग र मेरुदण्ड सफल अप्रेशन


धनगढी ः धनगढी १ पशुपति टोल स्थित कैलाली अस्पताल प्रा.लि.न्यूरो सर्जरी सम्बन्धि उपचारको लागि भरपर्दो गन्तव्य बनेको छ। विगत लामो समय एक दशक देखि वीर अस्पताल, काठमान्डौमा कार्यरत न्युरो सर्जरी विशेषज्ञ तथा सह प्रचार्य डाक्टर विकेश खम्बु (श्रेष्ठ) बाट न्युरो सर्जरी सम्बन्धित सम्पुर्ण उपचार कैलाली अस्पताल प्रा.लि. मा उपलब्ध रहेको कैलाली अस्पताल प्रा.लि. का प्रबन्धक खगेन्द्र जोशीले बताए ।


अस्पतालमा न्यूरो सर्जरी सम्बन्धि टाउको, दिमाग, मेरुदण्ड अप्रेशन विशेषज्ञ सेवा सञ्चालित छ। उक्त सेवा लिने क्रममा २०७९ असोज मसान्त सम्ममा मात्रै ५ वटा जटिल शल्यक्रिया टाउको तथा दिमागको सफलता पूर्वक शल्यक्रिया गरी बिरामी सामान्य अवस्थामा डिस्चार्ज भैसकेको कैलाली अस्पताल प्रा.लि. का प्रबन्धक जोशीले बताए ।



ति शल्यक्रियाबाट ईशारा नेपाली, त्रिभुवन सिंह, राजु सुनार, एके लोहार, आकाश चौधरी बिरामीको टाउकोमा चोट लागेको तथा पक्षघातबाट बेहोसि अवस्थामा रहेको बिरामीको उच्च जोखिममा आकस्मिक शल्यक्रिया गरीएको जानकारी दिए। उनीहरुको शल्यक्रिया सफल भएको र बिरामीलाई निको भएर डिस्चार्ज गरिएको अस्पतालका प्रबन्धक जोशीले बताए ।


यता न्युरो सर्जरी विशेषज्ञ डाक्टर विकेश खम्बु (श्रेष्ठ) ले कैलाली अस्पतालबाट टाउको, दिमाग, मेरुदण्ड अप्रेशनको बिरामीहरुको उपचार गर्दै अएको बताएका छन् । उनले यस्ता स्वास्थ्य सम्बन्धि समस्या भएका बिरामीहरुको कैलाली अस्पतालमा न्यूरो सर्जरी सम्बन्धि बिशेषज्ञ चिकित्सकसहित उपचार हुँदै आएको जानकारी दिए । यस्तै कैलाली अस्पतालमा सम्पुर्ण स्वास्थ्य समस्या भएका बिरामीहरुको चेकजाँच तथा उपचार हुँदै आएको छ।


