ढुङ्गामा च्यापिएर अछाममा एक बालकको मृत्यु


अछाम –ढुङ्गामा च्यापिएर अछाममा एक बालकको मृत्यु भएको छ ।


मंगलसेन नगरपालिका – ११ खिमाडामा तरुल कोर्ने क्रममा ढुङ्गाले च्यापिएर पुरन भुलका १४ वर्षीय छोरा गौतमको मृत्यु भएको हो ।



परिवारका सदस्य संगै तरुल कोर्न गएका उनको ढुंगाले च्यापियर घटना स्थलमै मृत्युु भयको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।



