कैलालीको धनगढी बजार क्षेत्रमा निषेधाज्ञा जारी


कैलाली:


कैलालीको धनगढी बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । धनगढीमा बिहिबार बिहान चेतना साउँदको मृत्युपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको हो ।



प्रमुख जिल्ला अधिकारी किरण थापाद्धारा जारी आदेशमा निषेधाज्ञा आज बेलुकी ७ बजे देखि सुरु भएर अर्को आदेश नभएसम्मका लागि जारी रहने उल्लेख गरिएको छ । उक्त निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी व्यक्तिहरु आवत जावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन रोक लगाइएको छ ।
निषेधाज्ञा धनगढीको पूर्वमा फुलवारी बसपार्क, पश्चिममा रातोपुल, उत्तरमा सामुदायिक प्रहरी सेवा केन्दको भवन र दक्षिणमा हुलाकी सडक क्षेत्रमा जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।


बिहिबार धनगढी उपमहानगरपालिका ५ हसनपुर पिपल चौतरा नजिक पानी पिच गरी रहेको ग्रेडरले कुल्चिदा धनगढी उपमहानगरपालिका – ५ तारानगरकी अन्दाजी १५ बर्षीय चेतना साउँदको मृत्यु भएको थियो ।
साइकलमा यात्रा गरिरहेका साउँदलाई ना १ क ९७५ नम्बरकोे कालिका कन्ट्रक्सनको ग्रेडरले लेवल मिलाउदै व्याक गर्ने क्रममा कुल्चिएको थियो ।

साउँद धनगढी उपमहानगरपालिका – ५ पञ्चोदय माबि हसनपुरमा कक्षा ८ मा अध्यानरत विद्यार्थी हुन । ग्रेडर मेसिनले कुल्चिदा बालिकाको मृत्यु भएपछि विद्यार्थीले धनगढी बजारमा आन्दोलन गरेका छन । उनीहरुले ग्रेडरको ठक्करपछि लडेकी बालिकालाई ग्रेडरले व्याक गरेर कुल्चिएको भन्दै दोषिलाई कडा कारवाहीको माग गरेका छन ।
हेर्नुहोस् सूचना:-


