नगर बाल संजाल धनगढीद्वारा मृत्यु भएकी विद्यार्थीका परिवारलाई क्षतिपूर्ति र दोषीलाई कार्वाही गर्न माग


धनगढी : नगर बाल संजाल धनगढीले धनगढीमा ग्रेडरले कुल्चेर मृत्यु भएकी विद्यार्थीका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कार्वाही गर्न माग गरेको छ । धनगढीको हसनपुरस्थित पञ्चोदय मा.बि. कक्षा ८ मा अध्यनरत बैतडी डिलासैनि गाउपालिका वडा न ६ बस्ने गणेश साउदकी छोरि वर्ष १५ कि चेतना साउदको बिहिवार स्कुल जाने क्रममा ग्रेडरले कुल्चेर घटना स्थलमा नै मृत्यु भएपछि दोषीलाई कार्वाही माग गरेको हो ।


बिहिवार एक विज्ञप्ती निकाल्दै पिडित परिवारमा उचित क्षतिपुर्ती र घटनामा सङ्गलग्न व्यक्तिलाइ कानुन बमोजिम कडा सजायको सुनिश्चितता गर्न सम्बन्धित सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराएको छ ।



विज्ञप्ती भनिएको छ, “पिडित परिवारमा उचित क्षतिपुर्ती र घटनामा सङ्गलग्न व्यक्तिलाइ कानुन बमोजिम कडा सजाय को सुनिश्चितता गर्न सम्बन्धित सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ । अब उप्रान्त यस्ता गतिविधि हुन नदिन सम्पूर्ण पक्षहरुलाइ सावधानी र उचित पहल कदमी लिन हार्दिक अनुरोध गर्दछौं ।
पक्राउ परेका विद्यार्थीहरुलाई निशर्त रिहाइ गर्न माग गर्दछौ ।”




