यो बिहेको सिजनमा सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजको लागि तोकिएको बजार मूल्य विवरण


बिहेको सिजनमा सुन महँगिएको छ । नेपालमा सुनको अत्यधिक खपत हुने महिना मंसिरमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । शुक्रबा रछापावाल सुन सुन झन्डै तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९९ हजार एक सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन ९८ हजार एक सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । बुधबारकै तुलनामा बिहीबार सुन पाँच सय रुपैयाँले महँगिएको थियो ।



मंगलबारयताको ट्रेन्ड हेर्ने हो भने सुन तीन दिनमै एक हजार सात सय रुपैयाँले बढेको छ । एक सातामा सुनको मूल्य एक हजार ३ सय रुपैयाँले महँगिंएको महासंघको तथ्यांकले देखाएको छ । मंसिर लागेदेखि यताको ट्रेन्डलाई पछ्याउने हो भने सुनको मूल्य तोलामा ११ सय रुपैयाँले महँगिसकेको छ ।




