कैलालीको धनगढीमा निषेधाज्ञाकै बीच विद्यार्थीको आन्दोलन जारी

अत्तरिया:कैलालीको धनगढीमा निषेधाज्ञाकै बीच विद्यार्थीको आन्दोलन जारी रहेको छ । बिहिबार ग्रेडरले किच पञ्चोदय मावि हसनपुरमा अध्ययनरत छात्रा चेतना साउँदको मृत्यु भएपछि धनगढीमा विद्यार्थीहरको आन्दोलन सुरु भएको थियो ।

विद्यार्थीको आन्दोलन चर्कदै गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बिहिबार साँझ देखि धनगढी बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञाकै बीच आन्दोलन भने रोकिएको छैन ।

सो क्रममा केही ठाउँमा विद्यार्थी र प्रहरी बीच धकेलाधकेल समेत भएको छ । सो क्रममा प्रहरीले केही बिद्यार्थीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
धनगढी उपमहानगरपालिका ५ हसनपुर पिपल चौतरा नजिक पानी पिच गरी रहेको ग्रेडरले कुल्चिदा धनगढी उपमहानगरपालिका – ५ तारानगरकी १५ बर्षीय साउँदको मृत्यु भएको थियो ।

साइकलमा यात्रा गरिरहेका साउँदलाई ना १ क ९७५ न.को कालिका कन्ट्रक्सनको ग्रेडरले लेवल मिलाउदै व्याक गर्ने क्रममा कुल्चिएको थियो । प्रहरीले ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका – २८ का २७ बर्षीय विमल कुमाललाई नियन्त्रणमा लिएको जनाएको छ ।

Loading...