बैतडीको देहीमाण्डौं–गिरेगडा सडकखण्डमा कुखुरा बोक्ने जिप दुर्घटना


बैतडी : बैतडीमा कुखुरा बोक्ने जिप दुर्घटना परेको छ । देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ९ सैनखान नजिकै से १ ज २१३९ नम्बरको जिप शनिबार बिहान दुर्घटनामा परेको हो ।


जिप सडकबाट २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । जिपमा चालक अन्दाजी ४२ बर्षीय मोहनसिंह बोहरा मात्रै रहेका र उनी सकुशल रहेका प्रहरीले जनाएको छ ।



कुखुरा अनलोड गरेर देहीमाण्डौं तर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।




