कञ्चनपुरको कृष्णपुर नगरपालिकाद्वारा कृषि सामग्री वितरण


अत्तरिया: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कृषकहरुलाई कृषि सामग्री वितरण गरेको छ । शुक्रवार एक कार्याक्रमका बिच नगरपालिकाले कृषि विकास शाखाको सहयोगमा गहुँ पकेट विकास कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि सामग्री वितरण गरेको हो ।


कृषकहरु लाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा १ थान २२ HP को पावर टिलर्स,४ थान मोटर सेट र २ थान बोरिङ मोटरसेट शान्तिपुर कृषक समुह वडा नम्बर ८ शान्तिपुरका कृषकहरुलाई नगरप्रमुख हेमराज ओझाले हस्तान्तरण गरेका थिए ।



कृषि सामग्री वितरण पछि बोल्दै नगर प्रमुख ओझाले कृषि तथा पशुपालनको लागि उर्वर भुमी रहेकाले तरकारी,खाद्य र दूध,माछा मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजना रहेको बताए ।


सबैजना मिलेर कृष्णपुरलाई कृषि तथा पशुपालनमा आत्मनिर्भर बनाउने अभियानमा हातेमालो गरौं अगाडि बढ्ने ओझाले स्थानियलाुई आग्रह समेत गरे। कृषि औजार हस्तान्तरण कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष कृष्णपुर नगरपालिका कृषि विकास शाखाका प्रमुख लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो।


